सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

समाचार

प्रकाशित: ७ माघ २०७६, मंगलवार

काठमाडौं । ७२ औं भारतीय सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा बोल्दै...


प्रकाशित: ७ माघ २०७६, मंगलवार

अमरगढी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको मंगलबार निरीक्षण गरेका छन् । उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.जगदिशचन्द्र विष्टले जानकारी दिए । मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी...


प्रकाशित: ७ माघ २०७६, मंगलवार

काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ । भारत केरालाका ३९ वर्षीय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव, ३९ वर्षीय प्रविणकष्ण नायर,...


प्रकाशित: ६ माघ २०७६, सोमबार

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् । संसद सचिवालयमा उनले आफ्नो राजिनामा बुझाएकी हुन । यसअघि प्रतिनिधि सभाको आजको बैठकलाई संबोधन गर्दै उनले प्रतिनिधि सभाको काम कारवाही सुचारु गर्नका लागि आफुले मार्ग प्रसस्त गर्ने निष्कर्षमा पुगेको...


प्रकाशित: ६ माघ २०७६, सोमबार

काठमाडौं । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि शुरु हुनेछ । निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने...


प्रकाशित: ६ माघ २०७६, सोमबार

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि...


प्रकाशित: ६ माघ २०७६, सोमबार

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आजकोे बैठक बस्न लागेको हो । यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख...


प्रकाशित: ५ माघ २०७६, आईतवार

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनिएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा भएको दाबी गरेका छन् । दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको बताए । एमसीसीपछि नेपालमा लगानी वृद्धि...


प्रकाशित: ५ माघ २०७६, आईतवार

खस्यौली । प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन बुटवलमा शुरु भएको छ । अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको...


प्रकाशित: ५ माघ २०७६, आईतवार

लण्डन । बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही...