विश्वबजार

अमेरिकामा मृत्युदण्ड

वासिङ्टन: अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत […]


काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको […]


जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

ओल्डेनवर्ग, जर्मनी: जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स होएगेलले आफूले […]


लङ्काको राजनीतिक संकट संसदबाट समाधान गर्न सभामुखको आह्वान

कोलम्बो: श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गर्नु भएको छ । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको हो । संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उहाँको भनाई छ । गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि […]


हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

वासिङ्टन: अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन् । यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन् । यसअघि नै सीमामा […]


श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

कोलोम्बो:श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ । पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दुई जना अन्य व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । मिलीमा चलेको गोली लागी घाइते भएका ३४ बर्षीय युवकलाई कोलोम्बो नेशनल अस्पतालमा भर्ना […]


श्रीलङ्कका राष्ट्रपतिद्वारा संसद् निलम्बन

कोलम्बो: श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो । संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टी गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग […]


विस्फोटक पदार्थ पठाएको आरोपमा फ्लोरिडामा एक व्यक्ति पक्राउ

वासिङ्टन: संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सोयक भएको बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाटसोयकलाई पक्राउ गरिएको हो । अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद […]


अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

वासिङ्टन: आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई […]


अमेरिकाः शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान जारी

न्यूयोर्क: संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सिएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिकी सुरक्षा व्यवस्थामा समेत चुनौती देखिएका छन् । केही समयदेखि यी सबै उच्च पदस्थ व्यक्तित्वलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले घृणाको […]