राजनीति

कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइने

काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने भएको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्, सरकारले राम्रो कामको लागि निर्णय गरेको हो ।’ कोइरालालाई तत्कालीन शेर […]


संविधानले दिएका अधिकार स्थानीय तहले प्रयोग गर्न पाउनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने […]


राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान: राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो । मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित […]


बजेट अनुदानः स्थानीय तहमा ९० अर्ब

काठमाडौँ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहका लागि बजेटको सीमा तोकेको छ । केन्द्रले प्रदेशका लागि तोकेको बजेटको अनुदान र राजस्व बाँडफाँटको हिस्सा सिफारिस गरेको हो । केन्द्रले सातवटै प्रदेशका लागि ५५ अर्ब २९ करोड ८६ लाख रुपैयाँ अनुदान तोकको छ । आर्थिक वर्ष ०७६÷७७ मा वित्तीय समानीकरण […]


बालुवाटार यसरी भयो व्यक्तिको

काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण  फेला पारेको छ […]


सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम

काठमाडौँ – सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ । विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकताअनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन । ‘विभागको अवस्था सुधार नगर्ने […]


स्व.ताम्राकारको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरमा सभापति शेरबहादुर देउवाले पार्टी झण्डा ओढाएर सम्मान गरेका छन् । स्व.ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि बुधबार बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सभापति देउवाले पार्टीको चारतारे झण्डा ओढाएका थिए । श्रद्धाञ्जलिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र […]


संयुक्त विद्यार्थी संगठनले वृहत प्रदर्शन गर्ने

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियु (पाँचौ) को कार्यालय काठमाडौंमा आज बसेको संयुक्त बैठकले वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्ने निर्णय गरेको हो । उनीहरुले ९ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् । शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा […]


विप्लव समुहका रुपन्देहीकी जिल्ला सदस्य पक्राउ

बुटवल । ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबारराती करिव १२ बजेको देवदहबाट उनकै घरबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताएका छन् । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ ।


कांग्रेसको देशव्यापी जागरण अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि शुरु हुने भनिएको देशव्यापी जागरण अभियान स्थगित गरिएको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको सो अभियान कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधनमा शोक जनाउँदै हाललाई स्थतित गरिएको हो । पूर्वमन्त्री तथा कांग्रेसका कोषाध्यक्षसमेत रहेका नेता ताम्राकारको मंगलबार दिउँसो ३ः४५ […]