मनोरञ्जन

‘सबैले कुल्ची हिँड्थे’ मा प्रियंका र पुष्प पहिलो पटक एकसाथ

काठमाडौंः चर्चित अभिनेत्री प्रियंका कार्की र पुष्प खड्का पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा देखिएका छन् । ‘सबैले कुल्ची हिँड्थे’ बोलको गीत माथि बनेको भिडियो यी दुबै कलाकार एकसाथ देखिएका हुन् । सुरज मानन्धरको स्वरमा रहेको उक्त गीतमा आनन्द अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको छ । गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त […]


प्रियंका–निकको विवाहमा एक सय १० पाहुनालाई निम्तो !

प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा अत्यधिक छ । भारतीय मिडियामा सार्वजनिक भइरहेको खबर अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् । इन्डिया टुडेले यी दुईको विवाहमा एक सय १० पाहुनालाई निम्तो दिइएको जानकारी दिएको छ । स्रोतका अनुसार विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुँदैछ जुन तीन दिनसम्म चल्नेछ । ‘यी दुईको विवाह […]


सिंगापुर जाँदै मिसेज नेपाल

कठमाडौं: मिसेस नेपाल इन्टरनेसनल २०१८ र २०१७ तथा मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताले सिंगापुरमा हुने विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य स्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाइजा महर्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी […]


कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौँ: चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव […]


कलाकारलाई युट्युबको भर

रामबहादुर थापा  बागलुङ: एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको […]


सुरु भयो चार दिने फिल्म महोत्सव

काठमाडौं – काठमाडौंमा मंगलबारबाट चार दिने ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१८’ सुरु भएको छ । यो फेस्टिभलमा नेपाली फिल्म ‘भुइँमान्छे’सहित ७ फिल्म सहभागी छन्।


तनुश्रीले भनिन्— नाना पाटेकरले यौन दुब्र्यवहार गरेपछि फिल्म छोडे

मुम्बई: बलिउडकी नायिका तनुश्री दत्तले आफुलाई अभिनेता नाना पाटेकरले यौन दुव्र्यबहार गरेको आरोप लगाएकी छिन् । आशिक बनाया आपने, ढोल, चकलेटलगायतका फिल्ममा अभिनय गरेकी तनुश्रीले घटना भएको १० वर्षपछि उक्त आरोप लगाएकी हुन् । तनुश्रीका अनुसार नाना पाटेकरले हिन्दी चलचित्र हर्न ओके प्लीजको सेटमा उनलाई दुव्र्यवहार गरेका थिए । फिल्म निर्माता सामी सिद्धिकी, निर्देशक राकेश […]


अपेक्षा बनिन् मिस मुस्ताङ

मुस्ताङ: थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको […]


हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ: वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ ।अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गर्नुभएको थियो । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको […]


‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर: परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । […]