छिमेक

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिनुभएको छ । आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराउनु भएको हो । स्रोतलाई उद्धृत गर्दै स्थानीय एक टेलिभिजन च्यानल न्यूज१८ ले आइतबार जनाएअनुसार भारतको तर्फबाट ट्रम्पलाई यही […]


तीन तलाक दिने पति पक्राउ

भोपाल, भारत: भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो । मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम […]


काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

श्रीनगर: भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो […]


भारतमा रेल दुर्घटनामा परी छ जनाको मृत्यु

नयाँ दिल्ली: भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । न्यु फरक्का एक्सप्रेस […]


नदीमा बस खस्दा काश्मिरमा बाह्रको मृत्यु

श्रीनगर, भारत नियन्त्रित काश्मिर: भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा […]


पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् । दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको […]


भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

नयाँ दिल्ली (एएनअई): भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिनुभएको छ । भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उहाँलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीश गोगईलाई सपथ गराउनुभएको हो । उहाँलाई भारतीय राष्ट्रपति कोविन्दले गत सेप्टेम्बर ३ मा भारतको ४६ औँ प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो । भारतको आसाममा जन्मिनुभएका प्रधानन्यायाधीश गोगई ६३ वर्षको […]


सडक दुर्घटनामा छको मृत्यु

नयाँ दिल्ली (सिन्हवा): उत्तर भारतीय राज्य उत्तर प्रदेशमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । ट्रकले एक बसलाई ठक्कर दिएपछि भएको दुर्घटनामा कम्तीमा छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन । प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी लखनउबाट करिब २ सय किलोमिटर टाढा रहेको इलाकामा […]


भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली:भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको […]


वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

श्रीनगर, भारत: भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् । मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ । दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न […]