अर्थ बजार

बाल विकास समाजलाई सिभिल बैंकको सहयोग

काठमाडौं – सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मंगलवार एक कार्यक्रमबीच बाल विकास समाजलाई १ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास […]


सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच १ लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन ‘आसमान नेपाल’ ले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, […]


एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो

काठमाडौं । सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ । सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल […]


७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार […]


सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा बेलायतबाट पनि

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा बेलायतबाट पनि सुरु भएको छ । सेवा सुरु भएलगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सात हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ्मार्फत […]


सरकारले किन्यो पाँच वर्षमा १३ अर्बको फर्निचर सामान

काठमाडौं । हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने […]


राजस्व लक्ष्य पु-याउन सामान लिलामीदेखि राजस्व नीति संशोधन गर्नेसम्म सरकारकाे तयारी

काठमाडौं । चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँमात्रै संकलन भएको थियो । अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएपछि केही विकल्पका आधारहरु खोजेर […]


गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । तर उक्त सम्मान पाएको एक […]


नेपाली ग्यास बुलेट सञ्चालनमा भारतले अनुमति नदिँदा सवा अर्ब बाहिरिन्छ

काठमाडौं । ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो । दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले […]


महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ

काठमाडौँ । महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ । अख्तियारले सोमबार महान्यायधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो । महान्यायधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था […]