About Us

असनबजार (साप्ताहिक ) पत्रिकाको जन्मआजभन्दा २५ बर्ष अगाडिभएको थियो । २०५१ साल बैशाख १०गते आफनो पहिलो संस्करण शुरु गरेको असनबजार साप्ताहिकको नेपाली समकालीनपत्रकारिताजगतमाआफनैगौरबमय पहिचान रहेको छ। त्यसो त आधुनिक नेपालको गौरबमय इतिहासको पानामा स्वतन्त्र एबं सृजनशीलपत्रकारिताकोएउटा सुनौलो इतिहास यसले बनाएको छ  ।यसै सन्दर्भमाइतिहासको एउटा रोचक स्मरणयहा राखिनु पर्छ ।

नेपाल सरकारको सूचनामन्त्रालयमादर्ता पछि यो खबर २०४६ सालको जनआन्दोलनकाकमाण्डर एबं नेपालको लोकतान्त्रिकआन्दोलनकालौहपुरुष गणेशमान सिंहलाई उहाको निबास चाक्सीबारीमा सुनाउदाउहाले यसका संस्थापकप्रकाशक एबं प्रधान सम्पादकयुगनाथशर्मा पौडेललाई आफु भारतमानिर्बासनमाभएको बेलाकलकत्तामाउहाले पढने गरेको आनन्दबजार पत्रिकाको स्मरणगर्नु भएको थियो र सिंहले यो नाम राखेकोमाप्रधान सम्पदकपौडेललाई मुस्कानमिश्रित बधाई दिनुका  साथै लोकतन्त्रमापत्रिकाको धर्म राज्यको चौथो अंगमात्रहोइन  सधै प्रतिपक्षी सरह नै हुने भएकोले असनबजार पत्रिकाले  सधै त्यो प्रतिपक्षीधर्म निर्बाह गरोस भन्ने शुभकामना समेत दिनु भएको थियो ।

त्यसो त यस पत्रिकाकाप्रधान सम्पादकयुगनाथशर्मा पौडेलको पनि नेपालीपत्रकारिताको यात्रामाआफनै सुनौलो इतिहास रहेको छ ।२०३९ सालमा१८ बर्षको उमेरमापञ्चायतकालमैलोकतन्त्रको पक्षमामिसनपत्रकारिताको यात्रा शुरु गर्नु भएकापौडेलले रहस्य साप्ताहिकमाकार्यकारी सम्पादकको रुपमा रहेको बेला २०४२ सालमा नेपालीकाग्रेसको सत्याग्रहलाई समर्थन गरेर महत्वका साथप्रकाशित गरे बापततात्कालिकपञ्चायती सरकारले पौडेल कार्यकारी सम्पादक रहेको रहस्य साप्ताहिकको दर्ता खारेज तत्कालै गरिदियो भने प्रधानसम्पादक मुरारी प्रसादगौतमलाईउनकै निबासबाटपक्राउगरियो जुनपत्रिकामाधनञ्जयशर्मा अधिकारी पनि सम्पादकका रुपमा रहनु भएको थियो ।त्यो बेलाकार्यकारी सम्पादकपौडेलकाठमाण्डौबाटभागेर भूमिगतहुने अबस्था सृजनाभयो ।

पञ्चायतकालमाबन्दभएको रहस्य साप्ताहिक २०४६ सालको जन आन्दोलनकाकमाण्डर गणेशमान सिंहको नेतृत्वमा जन आन्दोलन सफलभएर पञ्चायतब्यबस्थाढलेपछिमात्रदर्ता पुनकायमभएको थियो  ।त्यसोतपौडेल बार्तालाप साप्ताहिकको सम्पादकका रुपमा रहदा यम शर्मा पौडेल प्रधानसम्पादक रहनु भएको थियो  जुनइतिहास पनि धेरै नै  रोचक र रमाइलो रहेको छ  बार्तालाप साप्ताहिकमापूर्ब प्रधानमन्त्रीएबं नेपालीकाग्रेसकातात्कालिक सभापतिकृष्ण प्रसादभटराईले आफनै हातले आफनो बिरुद्ध सम्पादकीय लेख्नुहुन्थ्थो भन्ने कुरा पत्याउन सबैलाई कठिनहुन सक्छ तर त्यो दृष्यको साछी र त्यो सम्पादकीयलाई जस्ताको तस्तै छाप्ने सम्पादकको टीमका एक सम्पादक युगनाथशर्मा पौडेल हुनुहुन्थ्यो ।

त्यसो त पौडेल युगसुधा,बालयुग,अर्थयुग,बालक,टुकीसमेत सन्ध्याकालिन र  कमाण्डरमा समेतमा सम्पादकको रुपमा रहनु भएको थियो । तर पौडेलको आफनै सम्पादन तथा  प्रकाशनमा असनबजार साप्ताहिककोसह प्रकाशनका रुपमा  सांझको श्रीकमाण्डर दैनिक राजधानीको बजारमाल्याएपछिभने श्रीकमाण्डर दैनिकले नयाइतिहास रचेको थियो । मध्यदिनमा सन्ध्याकालीन शैलीमाबजारमाआएको श्री कमाण्डर दैनिकले  हरेक दिन एक लाखप्रतिपत्रिकाएकहजार भन्दा धेरै बिक्रेताको उत्साहमा राजधानीकापाठकबीचमा पस्केको थियो जुन नेपालीपत्रकारिताको इतिहासमान भूतो न भबिश्यती जस्तो थियो ।

राजधानीमात्रहोइन राजधानीबाहिर जहाजपुग्ने सबै शहरमायसले आफनो कमाण्डर ब्राण्डको पहिचानबनाएको थियो त्योलोकप्रियअखबारका संस्थापकप्रकाशक एबं  प्रधानसम्पादकपनियुगनाथशर्मा पौडेल नै हुनुहुन्थ्योत्यो पनिश्रीकमाण्डर पनिअसनबजारकै सह प्रकाशनथियो  ।त्यतीमात्रहोइनपछिल्लो दिनमापौडेल हरेक दिनबिहानप्रकाशितहुने कमाण्डर पोष्ट राष्टिय दैनिकको प्रधान सम्पादकहुनुहुन्छ र ।नेपालीपत्रकारिता क्षेत्रमाएउटा  सैदान्तिक र बैचारिक धार मात्रहोइनपत्रकारिताको स्पष्टधर्म पनिउहाको टिमले निर्बाह गरेको थियो ।  समाचारमानिष्पक्षताकाकारण नै पौडेलको टिमले प्रकाशन गरेका हरेक अखबार समयको कालखण्डमानिकै लोकप्रिय रहेकाथिए ।

आजकादिनमा राजधानीकोलोकप्रिंय कमाण्डर ब्राण्ड २५ बर्ष अगाडिजन्मेको असनबजार पत्रिकाको सह प्रकाशनथियोत्यसको सह प्रकाशन abpnepal.com हो भन्नपाउदाहामीलाई गौरबको अनुभूतिहुन्छ । बिहानैकाखबरलाई आजै पस्कने र त्यो बेलाअनलाईन संस्करणको युगनभएकाकारणपनिकमाण्डर मध्यदिनको एउटालोकप्रियब्राण्डको रुपमा राजधानीमाआएको थियो जसको सफलताकापछाडिअसनबजारको सम्पादकीयटिम नै जिम्मेबार रहेको थियो, जसले आज फेरि abpnepal.com पाठकहरुको बीचमालिएर आउदैछ ।

त्यसो तअसनबजारको इतिहास आफैमा सुनौलोपानामा समेटिएको छ ।असनबजारको शुरु दिनमा नेपालीसंस्करण सहित हरेक हप्तालाखौमाप्रकाशनभएपछिपछिल्लो दिनमा केही समय  Asan Bazaar अग्रेजी  संस्करणमापनिबजारमाआफनो लोकप्रियताप्राप्त गरेको गौरबमय इतिहास रहेको थियो  ।त्यसैले असनबजारले रचेकोपत्रकारिताको इतिहास नेपालको स्वतन्त्र एबं सृजनाशीलपत्रकारितको यात्रामाएउटा सुन्दर इतिहास नै थियो जसकालागिआजपनि यो सम्पादकीयटिमगौरब गर्दछ ।

आज संसार बदलिएको छ त्यसैले हामीपनिबदलिनु पर्छ  । नेपालमात्रहोइन सम्पूर्ण बिश्वडिजिटलपत्रकारिताको युगमा धेरै अगाडिबढेको छ । यो पछिल्लो पृष्ठभूमिमामानिसहरुको ब्यस्ततापनिबढेको छ । त्यसैले बदलिएको समयलाई सम्बोधनगर्न असनबजार टिमले abpnepal.com and abpnepal.net लाई डिजिटलपत्रिकाको रुपमा नेपाली र अग्रेजीभाषामाआजको बिश्वबजारमा पस्कने जमर्को गरेको  छ  ।तर यो हौसलाको आधार संसारकाहाम्रापाठक सहयोगीर बिज्ञापनदाता नै हुुन  । नेपालीपत्रकारिताको सुनौलो इतिहास रचेको असनबजार समूहले आउने दिनमापनि सुनौलो इतिहास रच्ने उत्साहमाहामी छौं ।