सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कतारबाट नेपाल फर्कन नसकेका ५५ नेपालीलाई निःशुल्क हवाई टिकट

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । सरकारले प्राथमिकताको आधारमा स्वदेश फिर्ताका लागि व्यवस्थपन गरिएको चार्टन विमान र हवाई टिकट व्यवस्था गर्न नसकेका ५५ जना नेपालीलाई निःशुल्क टिकटको व्यवस्था गरिने भएको छ ।

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले पहिलो चरणमा ५५ जनाको निःशुल्क टिकट व्यवस्था गरिएको एक सूचना मार्फत जानकारी गराएको छ । हवाई टिकट उपलव्ध गराउन ११ सदस्यीय समन्वय समिति समेत गठन गरिएको थियो ।
एनआरएनए कतारले पीडितको संस्थागत वा व्यक्तिगत विवरण उपलव्ध गराउन पनि त्यहाँका संघसंस्थालाई आग्रह गरेको छ ।

हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस




ताजा समाचार