सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

विप्लव समूहका सेती–महाकाली ब्युरो इञ्चार्ज पेस्तोल र गोलीसहित पक्राउ

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । विप्लव समूहका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा खटिईएको विशेष प्रहरी टोलीले खोज तलास गर्दै जाँदा आज बिहान ७ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साईकलमा जादैं गर्दा धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ वेली स्थित सडक खण्डबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । साथै पुनले बोकेको झोला भित्र लुगामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल थान १ र गोली राउण्ड १ समेत बरामद गरिएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार