सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

फुटबलर्स मिसन टुगेदरद्वारा पूर्व खेलाडी सम्मानित

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरका पूर्व खेलाडीलाई सम्मान गरेको छ । टुगेदरले एक कार्यक्रमकाबीच ४८ खेलाडीलाई सम्मान गरेको हो । जसमा २० महिला र २८ पुरुष खेलाडी रहेका छन ।

मिसनले १९८३ पछि २०१० सम्म नेपालबाट खेल्ने महिला खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा पुरुषमा गोपाल श्रेष्ठ, किरण राई,बिदुर बिष्ट, गणेश थापा, कृष्ण बहादुर थापा,श्रीराम रंजितकार, धिरेन्द्र कुमार प्रधान, भक्तराज कर्णिकार,मान बहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोक बहादुर शाही, राम दर्शन गुरुङ, नरेन्द्र श्रेष्ठ, मोहन शाही, दिपक हर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर,वरुण मानन्धर,कृष्ण आले,डम्बर सिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यम बहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर छन् ।

महिलातर्फ सजना राना मगर, मिरा महर्जन,विनिता श्रेष्ठ, दिपा क्षेत्री, जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा,अनु लामा, अस्मिता खवास, सपना लामा,नमिता दाहाल,उषा भण्डारी,लक्ष्मी पौडेल,मनमाया मगर, दिपा अधिकारी, निरु थापा, रन्जना दर्जी, निशा देवान र तुलाषा सिंह रहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार