सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक

प्रकाशित: ३१ असार २०७७, बुधबार

एजेन्सी । अभिनेत्री विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विद्या म्याथम्याटिशियन शकुन्तला देवीको भूमिकामा छिन् । फिल्ममा उनी पछिल्ला चरित्रभन्दा भिन्न देखिएकी छन् । यसमा सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका छ । फिल्ममा सान्या मल्होत्रा, विद्या बालनकी छोरीको भूमिकामा छिन् ।

यो फिल्ममा ह्यूमन कम्प्यूटरको नामबाट चर्चित तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी शकुन्तलाको नीजि जीवन र यहाँसम्मको सफरलाई प्रस्तुत गरिएको छ । शकुन्तला देवीका लागि यो स्थान हासिल गर्न नीजि जिन्दगीमा कति संघर्ष गर्नुपरेको थियो भन्ने कुरा ट्रेलरमा देखाइएको छ । यो फिल्ममा निभाएको चरित्रलाई लिएर विद्या निकै उत्साहित छिन् ।


फिल्म ‘शकुन्तला देवी’ लाई सिनेमा हलमा नभइ ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गरिँदैछ । कोरोनाको महामारीका कारण सिनेमा हल बन्द भएपछि निर्माताले फिल्मलाई डिटिजल प्लेटफर्ममा रिलिज गर्न लागेका हुन् । फिल्मको डिजिटल प्रिमियर ३१ जुलाईमा हुँदैछ । अनु मेनन निर्देशित फिल्मको स्क्रिप्ट अनु मेनन र नयनिका महतानीले मिलेर लेखेका हुन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार