सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

अबदेखि एउटा बैंकको एटीएम कार्ड अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । एउटा बैंकको एटीएम कार्ड अर्कोमा प्रयोग गरे बिहीबारदेखि शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने यसअघि बताएका थिए ।

बुधबार नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा सूचना जारी गर्दै विद्युतीय कारोबार गर्दा शुल्क लिने अथवा नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने बताएका छन् ।

सूचनामा भनिएको छ, ‘कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै बैंक तथा वित्तीय संस्थाहरूले २०७६ चैत ७ देखि विद्युतीय कारोबारहरू निःशुल्क प्रदान गर्दै आएको, नगद झिक्न अन्तर–बैंक एटीएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको थियो, तर हाल प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू खुला रहेको तथा बन्दाबन्दीसमेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेको अवस्थामा मिति २०७७ साउन १ गते भने शुल्क लिने÷नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरू आफैंले गर्नेछन् ।’



प्रतिक्रिया दिनुहोस




ताजा समाचार