सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको बृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंक बराबरले उकालो लागेर १३ सय ६२ कायम भएर थामिएको छ । जीवन बिमा, होटल, उत्पादनमूलक र लघुवित्त समूह बाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च २४ अंकको वृद्धि आएको छ । व्यापार र अन्य समूह पनि दोहोरो अंकले सुधार भएको छ ।
होटल समूहमा भने ४५ अंक, जीवन बिमा समूहमा ४३ अंक अनि उत्पादनमूलक समूहमा पनि २५ अंकको गिरावट आएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीको ३२ लाख १२ हजार कित्ता सेयर १ अर्ब १६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।