सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु.दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पूर्जा प्रदान गर्नुभएको होे । आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुशी लागेको बताए । ‘‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन, ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ, बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुशी भएको छु’’, उजले भने ।

थापाले प्राधिकरणबाट प्राप्त रु दुई लाखबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीयवासी नारायणी अधिकारीको १९० वर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरीद गरेका हुन् । वि.सं २०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरीद गर्न प्राधिकरणले रु दुई लाख दिँदै आएको छ । यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राहीसरह रु तीन लाख पनि पाउँछन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार