सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय २८ पुग्यो

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा म्याग्दीका ९ जना, तनहुँका ३, नवलपरासी पूर्वका ११, गोरखका १ र कास्कीका १ जना रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना संक्रमितको संख्या १२ सय २८ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार