सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कोरोना रोकथाममा समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्नः डब्लुएचओ

प्रकाशित: ३० असार २०७७, मंगलवार

एजेन्सी । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले विश्वभरी महामारीको रुपमा रहेको कोरोना भाइरसको महामारी थप खराब र भयावह बन्दै गएको भन्दै जाने चेतावनी दिएको छ । सरकारहरु प्रभावकारी प्रयास गर्न सफल नभएमा संक्रमण अझै फैलने डब्लुएचओको भनाइ छ ।

डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम धेरै देशहरु कोरोना नियन्त्रणको खराब दिशामा गइरहेको भन्दै चिन्ता जनाएका हुन् । जेनेभमा आयोजित मिडिया ब्रिफिङमा डब्लुएचओका महानिर्देशक डा.टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए ।

विश्व नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाइले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनको भनाइ छ । भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए ।

उनले निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना नदेखिएको पनि स्पष्ट पारे । आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुने उनको चेतावनी छ । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गर्ने देशहरुमा संक्रमण फैलदो क्रममा रहेको उनको भनाइ छ ।

पछिल्लो समयमा उत्तर र दक्षिण अमेरिकामा संक्रमण फैलदो क्रममा देखिएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार