सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

प्रकाशित: २८ असार २०७७, आईतवार

चितवन । नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा आइतबार पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित भेलालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुइ तिहाइनजिकको जनमत नेपाली जनताले दिएका हुन्, यसबाट कोही कसैलाई भाग्ने वा बाहानाबाजी गर्ने छुट छैन ।’

उनले थपे, ‘तपाइँहरू सबैलाई थाहै छ पार्टीभित्र गम्भीर समस्या सृजना भएको छ तर यो होइनकी पार्टी फुटिहाल्छ ।’ आफू पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भिर छलफलमा रहेको बताउँदै उनले जिल्लाका नेता कार्यकर्ताहरूलााई नहतारिन आग्रह गरे ।

उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको धारणा व्यक्त गरे । ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताउँदै उनले विधि र जनवादी केन्द्रीयताको आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्ने बताए । दुइ ठूला पार्टीबीचको एकता अभूतपूर्वक भएको भन्दै यसलााई बचाइराख्नु हामी सबैको दायित्व भयको उनको भनाइ थियो ।

आन्तरिक समस्या विधि पद्धति बमोजिम नै हल गर्नुपर्ने धारणा अध्यक्ष प्रचण्डको थियो। सत्य, सत्य नै साबित हुने भन्दै राष्टिय हित र राष्टिय अखन्डताका लागि हामीबीच कुनै असहमति नरहेको भन्दै पार्टीको स्थायी समितिको बैठकबाट लिम्पियाधुरा लिपुलेकसमेत समेटिएको नयॉ नक्सा प्रकाशन गर्न निर्णय गरी सरकारलाई निर्देशन गरिएको बताए । सरकारले नयॉ नक्सा प्रकाशन गरेकोमा सरकार र प्रधानमन्त्रीलाई जारी बैठकले धन्यवादसमेत दिएको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार