सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

प्रकाशित: २८ असार २०७७, आईतवार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएको छ। आयोगले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र दिएको हो ।

निर्वाचन आयोगले १ सय ५९ नम्बर कायम हुनेगरी जसपा दल दर्ता गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएको ‘जनता समाजवादी पार्टी, नेपाल’ नामको राजनीतिक दल कायम रहनेगरी प्रमाणपत्र दिईएको आयोगले जनाएको छ। दलको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनसपालाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेकोमा आयोगप्रति आभार व्यक्त गरेका छन्।

‘अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आबद्ध हुन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार