सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

प्रकाशित: २८ असार २०७७, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फालाई कारण देखाऊ आदेश जारी गरेको छ।

अधिवक्ता सुजित केसीले दायर गरेको अवहेलनाको मुद्दामा सर्वोच्चले यही असार २५ गते कारण देखाउ आदेश दिएको हो।

सर्वोच्चले रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरेको भन्दै रोक्न आदेश दिएको थियो। तर एन्फाले एकेडेमी बारेमा अरु निर्णय गरेपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता सुजित केसीले सोमबार मुद्दा दायर गरेका थिए।

न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न एन्फालाई आदेशमा भनेको छ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार