सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

प्रकाशित: २८ असार २०७७, आईतवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको उनको भनाइ छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्।

आइसोलेसन आठ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ।
यसअघि शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ सय ३१ जना डिस्चार्ज भएका थिए ।

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार