सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

प्रकाशित: २८ असार २०७७, आईतवार

काठमाडौं । कर्णाली प्रदेशमा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतका अनुसार नयाँ संक्रमितमा सुर्खेतका ११ जना, कालिकोटका ७, रुकुम पश्चिमका २ र दैलेखका १ जना रहेका छन् ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय १६ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा आइतबार मात्रै ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय ८ पुगेको छ ।

हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस




ताजा समाचार