सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

प्रकाशित: २८ असार २०७७, आईतवार

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा तनहुँका ६ जना, पर्वतका २, बाग्लुङका २, नवलपुर पूर्वका १, स्याङजाका १, गोरखाका १ र लमजुङका २ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या हालसम्म ७३६ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार