सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
काठमाडौं । ओमानमा कोरोना भाइरसका कारण समस्यामा परेका १ सय ७९ नेपाली स्वदेश फर्किएका छन्। सलाम एयरको क्युभी ४२७ को तेस्रो चार्टर्ड उडानमार्फत् उनीहरु शुक्रबार स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किनेमा ३३ महिला, १४६ पुरुष, दुई नाबालकसहित ३ महिने शिशुसमेत रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरु सबै पिसिआर रिपोर्ट नेगेटिभ भएका हुन्।
ओमानबाट यसअघि दुई उडानमार्फत् ३१३ नेपाली स्वदेश फर्किएका थिए।