सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कास्य पदक विजेता तीन खेलाडीलाई गाउँपालिकाको सम्मान

प्रकाशित: २५ असार २०७७, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक जित्न सफल तीन खेलाडीलाई गुल्मी दरवार गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।

गत माघ १० गतेदेखि १५ गते सम्म सिङ्गापुर , मलेसिया, इण्डोनेसिया र थाइल्यान्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा गुल्मी दरवारका तीन खेलाडीले कास्य पदक हात पार्न सफल भएका थिए ।

हालै गाउँपालिकाले खेलाडीहरु अमर बहादुर पल्ली , बिजय सारु र लक्ष्मण थापालाई एकमुष्ट ३५ हजार नगदसहित सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न र उनिहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार