सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कतारमा आममाफी पाएका १६१ जना नेपाली स्वदेश फर्किए

प्रकाशित: २४ असार २०७७, बुधबार

काठमाडौं । कतारमा आममाफी पाएका १६१ जना नेपाली बुधबार स्वदेश फर्किएका छन् । कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका १६१ नेपालीहरू त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा फर्किएका हुन् ।

कतार एयरवेजको क्यूआर ३३४६ को उडानबाट उनीहरू नेपाल फर्किएका हुन् । नेपाल फर्कनुअघि उनीहरू कतारको डिटेन्सन सेन्टरमा थिए ।

कतार सरकार र नेपालका विभिन्न निकायसँग दूतावासको समन्वयपछि आममाफी पाएका नेपालीहरू स्वदेश आइपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार