सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कारोना संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा, संक्रमितको संख्या ६ लाख ९७ हजार नाघ्यो

प्रकाशित: २२ असार २०७७, सोमबार

काठमाडौं । कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ हजार ६ सय ९३ पुगेको छ । ४ लाख २४ हजार ४ सय ३३ जना उपचारपछि निको भएका छन् ।

भारतमा गत तीन दिनयता नयाँ सङ्क्रमितको संख्या तीब्र बनेको छ ।  हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। त्यसपछि भारत रहेको छ ।

देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो।

भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ।

त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार