सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

तीज गीत ‘लोभी दाई’ बजारमा (भिडियोसहित)

प्रकाशित: २१ असार २०७७, आईतवार

काठमाडौं । गायक पशुपती शर्मा र सम्झना भण्डारीको तीज गीत ‘लोभी दाई’ बजारमा आएको छ । गीतको शनिबार सार्वजनिक भएको हो ।

पशुपती शर्मा र सम्झना भण्डारीको सहकार्यमा हरेक वर्ष तिज गीत सार्वजनिक हुने गरेका छन्। गायक शर्माको यो गीतमा अन्य गीतहरु जस्तै आफ्नै शब्द संगीत रहेको छ।

गीतमा अहिले संसारलाई नै रुवाईरहेको कोरोना कहरलाई समावेस गरिएको छ । भिडियोमा स्वयम पशुपती शर्मा र सम्झना भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने दुर्गा पौडेलले गरेका छन् ।

भिडियो हेर्नुहोस्

 



प्रतिक्रिया दिनुहोस




ताजा समाचार