सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, थप एक जनाको मृत्यु

प्रकाशित: १५ असार २०७७, सोमबार

काठमाडौं । नेपालमा आइतबार थप ४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले ४७६ संक्रमित थपिएको पुष्टि गरे । नयाँ संक्रमितमा १ सय १२ महिला र ३ सय ६४ पुरुष रहेका छन् ।
हाल देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १२१ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख हजार जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् ।

थप एक जनाको मृत्यु

 

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी ललितपुरको स्टार अस्पताल सानेपामा भर्ना भएका थिए ।

उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो ।

उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ ।

उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित भएको बताइएको छ ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना

काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.ंजागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । नयाँ संक्रमितमा काठमाडौंका ६ र ललितपुरका एक जना रहेका छन् ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र २ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका १–१ जना तथा त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना नयाँ संक्रमित भेटिएको हो।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह