सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड, एक लाख नाघ्याे, पाँच लाख बढीको मृत्यु

प्रकाशित: १५ असार २०७७, सोमबार

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड १ लाख, ४६ हजार ९ सय ७१ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या पाँच लाख १ हजार ९ सय ४० पुगेको छ ।

विश्वभर ५१ लाख ४२ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २५लाख ४८ हजार ९ सय ९६ पुगेको छ । एक लाख २५ हजार ८ सय ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६ लाख ८५ हजार १ सय ६४ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १३ लाख ४४ हजार १ सय ४३ जना संक्रमित भएका छन् । त्यसमध्ये ५७ हजार ६ सय २२ जनाको मृत्यु भएको छ । ७ लाख ४६ हजार १८ जना उपचारपछि निको भएका छन् ।

रुसमा ६ लाख ३३ हजार ५ सय ६३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९ हजार ६० जनाको मृत्यु भएको छ ।
३ लाख ९८ हजार ४ सय ३६ जना उपचारपछि निको भएका छन् ।
संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ४८ हजार ३ सय १८ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ४ सय ७५ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये ३ लाख २१ हजार ७ सय २३ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४३ हजार ६ सय ३४ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ४० जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय ६४ जना मात्रै उपचारपछि निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह