सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १८ जना घाइते

प्रकाशित: १५ असार २०७७, सोमबार

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १८ जना घाइते भएका छन् ।

रामनगरमा साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।

झडपमा १५ जना कांग्रेसका कार्यकर्ता र तीन जना नकेपाका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ । नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेका छन् । कुन पक्षबाट गोली चलेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह