सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

प्रकाशित: १४ असार २०७७, आईतवार

लिलोङ्वे । मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी भएका छन् । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरेका हुन् ।

चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी भएका मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ ।

आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भने, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।”

चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसकेका छन् ।
सिन्ह्वा



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह