सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु

प्रकाशित: १३ असार २०७७, शनिबार

काठमाडौं । नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा ४ सय ३४ पुरुष र १ सय २० महिला छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली गोदावरी– ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २८ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमले देशभरका सबै ७७ वटै जिल्लामा देखिएको बताए ।

पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो । पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् ।

कहाँ कहाँ देखिए नयाँ संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रसुवामा एक महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ महिला र ४ पुरुष, इलामका ५ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक महिला र एक पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ पुरुष, महोत्तरीका एक महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका एक महिला र १२ पुरुष, अर्घाखाँचीका १६ पुरुष, वैतडीका ६ महिला र १८ पुरुष, बझाङका ४ पुरुष, बाजुराका एक महिला र ३ पुरुष, बाराका एक महिला र ७ पुरुष, डडेल्धुराका २ महिला र ६ पुरुष, धादिङका ३ पुरुष, डोटीका १५ महिला र ३१ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी गुल्मीका २ महिला र ५ पुरुष, जाजरकोटका एक पुरुष, कैलालीका २ महिला र ६ पुरुष, कंचनपुरका ३ पुरुष, कपिलवस्तुका एक पुरुष, पर्साका एक पुरुष, रसुवाका एक महिला र ८ पुरुष, रौतहटका ३ महिला र ३१ पुरुष, सल्यानका १३ पुरुष, सर्लाहीका ६ पुरुष र स्याङ्जाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका २ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नुवाकोटका ६ पुरुष, मकवानपुरका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक महिला र ३ पुरुष, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा पाँचथरका एक महिला, काठमाडौंका एक महिला र ३ पुरुष, भक्तपुरका एक पुरुष, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एक महिला र ३ पुरुष, डोटीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीषणमा बाजुराका ३१ महिला र ५० पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका एक महिला र एक पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ८ पुरुष, स्याङ्जाका ६ महिला र १५ पुरुष संक्रमित भएका छन् ।

प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र एक पुरुष, पाल्पाका २ महिला र २४ पुरुष, प्युठानका ३ महिला र ४६ पुरुष, रुपन्देहीका ३ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपगंजको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ पुरुष, बर्दियाका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र २८ पुरुष, कपिलवस्तुका २ महिला र ५ पुरुष र रोल्पाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एक महिला र ६ जना पुरुष, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एक महिला र एक पुरुष, डोटीका २५ महिला, कैलालीका ५ महिला र एक पुरुष र कंचानपुरका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप एक जनाको मृत्यु

नेपालमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार कैलाली गोदावरी– ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह