सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

अफगानिस्तानमा २५ तालिबान लडाकू मारिए

प्रकाशित: ११ असार २०७७, बिहीबार

काबुल । सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरुले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो ।

टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए ।

बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्वन्धी विवरणको पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ ।

स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् ।

एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गरे ।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
एएनआई



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह