सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुई जनाको मृत्यु

प्रकाशित: ११ असार २०७७, बिहीबार

काठमाडौं । नेपालमा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ पुरुष, सुनसरीका २ महिला र २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ पुरुष, महोत्तरीका ५ पुरुष, सिराहाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ महिला र ९ पुरुष, बैतडीका एक पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ महिला र २ पुरुष, डडेल्धुराका एक महिला र ११ पुरुष, कैलालीका २ पुरुष, कंचनपुरका ११ महिला र ४८ पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ महिला र ८६ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एक पुरुष, काठमाडौंका २ महिला र २ जना पुरुष, ललितपुरका एक पुरुष र सुनसरीका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एक महिला र ४ पुरुष, तनुहँका २ महिला र ७ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ पुरुष, म्याग्दीका एक महिला र ५ पुरुष र स्याङ्जाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक पुरुष, बर्दियाका एक महिला र ५ पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एक पुरुष, बझाङका २ पुरुष, बाँकेका एक पुरुष, दैलेखका १ महिला र १७ पुरुष दार्चुलाका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एक पुरुष, इलामका एक पुरुष, जुम्लाका एक पुरुष, कैलालीका एक पुरुष, कालिकोटका एक महिला र २ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक पुरुष, सल्यानका एक पुरुष, र सुर्खेतका १३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एक पुरुष, बाजुराका ४ पुरुष, बाँकेका ३ पुरुष, दैलेखका एक महिला, दाङका एक पुरुष, धादिङका एक पुरुष, गोरखाका २ पुरुष, गुल्मीका एक पुरुष, इलामका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

जुम्लाका एक पुरुष, कंचनपुरका एक पुरुष, खोटाङका एक पुरुष, लमजुङका एक पुरुष, ओखलढुंगाका २ पुरुष, पाल्पाका एक पुरुष, रामेछापका २ पुरुष र ताप्लेजुङका ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा. गौतमले काठमाडौं, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी गराए ।

डा. गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूष र ललितपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप दुईको निधन

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु हो । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए । उनको बिहीबार शव व्यवस्थापन गरिएको छ ।

यस्तै ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण भएको थियो । मन्त्रालयका प्रवक्ता डा.गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको बताए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह