सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

रियल म्याड्रिड शीर्ष स्थानमा

प्रकाशित: ११ असार २०७७, बिहीबार

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिड शीर्ष स्थानमा पुगेको छ । मालोर्कालाई २–० ले पराजित गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा पुगेको हो ।

खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले गोल गर्न सफल भए ।

पहिलो हाफमा रियलले १ – ० को अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाटप्रहार गरेको फ्रिकिकमा गोल भएको थियो ।

८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियल बिजयी भयो ।

जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह