सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेद्वारा लद्दाखको फरवार्ड चौकीको भ्रमण

प्रकाशित: १० असार २०७७, बुधबार

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । जी न्युजका अनुसार सेना प्रमुखले सीमा क्षेत्रका अधिकारीसँग कुराकानी पनि गरेका छन् ।

भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मानित गरेका छन् ।

सेना प्रमुखकको आजको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेना प्रमुख एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’

सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार