सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सांसद गगन थापा भन्छन्, ‘अंगीकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्छ’

प्रकाशित: १० असार २०७७, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अंगीकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

नागरिकता सम्वन्धमा बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले समानताका आधारमा विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनुपर्ने बताएका हुन् ।

समानतालाई आधार बनाउने हो भने वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा सहमति जुट्ने उनले उल्लेख गरेका छन् । सांसद थापाले नक्साको विषयमा एकजुट भए जसरी नै सामूहिक प्रयासबाट अंगीकृत नागरिकतामा समाधान खोज्न आग्रह गरेका छन् ।

वैवाहिक अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान राख्ने गरी विधयेक अघि बढाएपछि मधेस केन्द्रित दल र नेपाली कांग्रेसले विरोध गर्दै आएका छन् । सत्तारुढ नेकपाले भने सो प्रावधानको बचाउ गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह