सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कतारको दोहाबाट १ सय ४५ नेपाली स्वदेश फर्किए

प्रकाशित: ९ असार २०७७, मंगलवार

काठमाडौं । कतारको दोहाबाट आज १ सय ४५ जना नेपालीहरु स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा उनीहरुलाई दोस्रो उडानमार्फत स्वदेश फर्काएको हो ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

यस्तै आज कुवेत, बंगलादेश, माल्दिभ्स र अस्टे«लिया र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार