सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

प्रकाशित: ८ असार २०७७, सोमबार

नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उजी तीन दिने भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुने बताइएको छ ।

हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उनले दिएका थिए ।

एएनआई



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह