सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

साउदीको रियादबाट २ सय ४७ नेपाली स्वदेश फर्किए

प्रकाशित: ७ असार २०७७, आईतवार

काठमाडौं । आइतबार साउदीको रियादबाट २ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल एअरलाइन्सको उडान नं आरए २१९२ बाट एक नाबालकसहित २४७ जना नेपालीहरु बिहान स्वदेश आइपुगेका हुन् ।

साउदीमा रहेको नपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुषहरु फर्किएका छन् ।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् । यस्तै आज कतारको दोहाबाट पनि त्यहाँ समस्यामा परेका नेपाली फर्कंदैछन् । यस्तै मलेसियाबाट पनि नेपाली फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार