सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

शनिबार १ हजार १ सय ९१ जना नेपाली स्वदेश फर्किए

प्रकाशित: ६ असार २०७७, शनिबार

काठमाडौं । विदेशमा समस्यामा परेका १ हजार १ सय ९१ जना नेपाली शनिबार स्वदेश फर्किएका छन् ।

जापानको नारिताबाट २४५ जना, कोरियाबाट २२८, कुवेतबाट १५० जना, यूएईको सारजहाबाट १६८ जना, मलेसियाबाट २४५ र बंगलादेशको ढाकाबाट १५५ जना नेपाली स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यस्तै आज २६१ जना नेपाली कोरियन एअरमार्फत कोरिया गएका छन् भने २८६ कतार ट्रान्जिट हुँदै कतार एअरवेजमार्फत विभिन्न देश गएका छन् ।

मलेसियाबाट नेपाली लिएर आएको जहाजमार्फत ११ जना नेपालीको शव पनि आएको छ । लामो समयदेखि मलेसियामा रोकिएका शव आज आएको हो । यस्तै कुवेतले पनि २ जना नेपालीको शव आज ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह