सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

‘रुकुम पश्चिम घटनाको मूलकारण जातीय विभेद’(प्रतिवेदनको पूर्ण पाठसहित)

प्रकाशित: २ असार २०७७, मंगलवार

काठमाडौं । अधिकारकर्मीहरुले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको कारण जातीय विभेद रहेको निष्कर्ष निकालेका छन्।

घटनाको अध्ययन गर्न दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेर गरेको विस्तृत स्थलगत अध्ययन प्रतिवेदनमा सो घटनाको मूल कारण जातीय विभेद नै भएको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा उक्त क्षेत्रमा माओवादी जनयुद्धका क्रममा जातीय छुवाछुत र भेदवाव केही कम भए पनि अहिलेसम्म दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै देखिएको उल्लेख गरिएको छ।

दलित अधिकारकर्मीको पहलमा अधिकारकर्मी जेबी विश्वकर्मा, अधिवक्ता मोहन साशंकर, लेखक युग पाठक, राजनीतिकर्मी तथा अधिकारकर्मी राम नेपाली, अधिकारकर्मी विजय विश्वकर्मा, पत्रकार शुष्मा बराली र लेखक संगीतको टोलीले यही २३ जेठदेखि २७ जेठसम्म जाजरकोट, रुकुम (पश्चिम) पुगी घटनाको स्थलगत अध्ययन गरेको हो ।

जेठ १० प्रेमिका भगाउनका लागि रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटका नवराज विक र टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको हत्या भएको थियो ।

हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह