सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रकाशित: २ असार २०७७, मंगलवार

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । कोरोना महामारीका कारण लकडाउन हुँदा खपत कम भएर पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । १० दिनयता इन्धनको मूल्य निरन्तर बढेको हो ।

भारतले जुन १ देखि लकडाउन खुकुलो गरेको १६ औँ दिन मंगलबार पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको छ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल प्रतिलिटर भारतीय ७५ रुपैयाँ र पेट्रोल भारतीय ७७ रुपैयाँमा बिक्री भईरहेको छ। यस्तै हवाई इन्धनको मूल्य पनि मंगलबार मात्र १६ प्रतिशतले बढेको छ।

मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ५० पैसा बढेको हो।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह