सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

शुक्रबार बिहानै थपिए ३० नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं । शुक्रबार बिहानै नेपालमा थप ३० जनामा कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिला रहेका छ्न् ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।

त्यसैगैरी सर्लाही, गोडैता नगरपालिका ८,९, ११, १३,१४ र रामनगर बहुअर्वा गाउँपालिक–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु रहेको छन् भने एक जना १८ वर्षीय महिला रहेका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)