सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

बिहीबार एकै दिन २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । नेपालमा बिहीबार एकै दिन २६ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो थप ९ जना कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ९ संक्रमित झापामा ८ जना र रुपन्देही मा १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत उनले बताए ।

अहिलेसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण पुगेको पाइएको छ । आज थप ४ जना डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् । हालसम्म सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)