सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

लकडाउनमा सांसद दवाडी : चुल्हो नबलेकालाई राहत वितरण गर्दै (फोटोफिचर)

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौँ, ७ जेठ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले लकडाउनको समयमा समस्यामा परेकालाई राहत वितरण गर्नुभएको छ ।

गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले गोरखाबाट चितवन, पोखरा र काठमाडौँमा आएर बसेका व्यक्तिलाई राहत वितरण गर्नुभएको हो । साथै, अन्य जिल्लाबाट शहरमा आएर बसेका व्यक्तिलाई समेत सहयोग गर्नुभएको छ ।

१२ वर्षदेखि गोरखाका विभिन्न घर बस्तीमा गएर समाजसेवामा सक्रिय सांसद दवाडीले विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि दैनिक जीवन धान्न अफ्ठयारो परेकालाई राहत वितरण गर्नुभएको हो । “म धेरै वर्षदेखि समाजसेवामा लागेकाले नेपाली जनतालाई गाह्रो पर्दा मनले थाप्न नसकेकाले खाद्यान्न र नगद सहयोग गरेको हुँ,”–उहाँले भन्नुभयो ।

सांसद दवाडीले हालसम्म ३०० भन्दा बढी व्यक्तिको घरमा पुगेर राहत वितरण गरिसक्नुभएको छ । उहाँले नुन, दाल र आलुलगायतका खाद्यान्न वितरण गर्नुभएको हो । यस्तै, ग्याँस सकिएर पकाउन नपाएका तथा अस्पतालमा स्वास्थ्य उपचारमा समस्या परेका व्यक्तिलाई नगद सहयोग गर्नुभएको छ । सांसद दवाडीले मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा भएकाले जीवन धान्न अफ्ठयारो भएका व्यक्तिलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गोरखाका विभिन्न स्वास्थ्य चौकीमा सेनिटाइजर तथा माक्स समेत वितरण गर्नुभएको छ । राहत वितरण गर्दै सांसद दवाडीले सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिने घोषणा गरेपनि लकडाउनको समयमा ग्रामिण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, माछामासु, दुध बजारमा लैजान नपाउँदा गरिब जनता मारमा परेको बताउनुभयो ।

सांसद दवाडीले ग्रामिण क्षेत्रमा उत्पादित कृषिका सामानलाई बजारसम्म लैजाने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षणसमेत गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)