सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

थपिए २५ कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय २७ पुग्यो

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

थपिएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्।

यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।

यसैबीच नेपालमा ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय ७२ जनाको आरडीटी परीक्षण गरिएको छ ।  मन्त्रालयका अनुसार पीसीआर गरिएकामध्ये ३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छैन भने बाँकी ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । हाल २३ हजार २ सय २ जना
क्वारेन्टाइनमा, ३ सय ८० जना आइसोलेसनमा रहेका छन् । ४५ जनाको उपचारपछि निको भएको छ भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७५ हजार नाघ्यो, ६२ लाख ७३ हजार संक्रमित

बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित