सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

मंगलबार एकै थपिए २९ कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय २ पुग्यो

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक÷एक जना, कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

हालसम्म नेपालमा पीसीआर मार्फत ३ हजार २ सय ६०४ जनाको परीक्षण गरिएको छ भने ७४ हजार ६ सय ४९ जनाको आरडीटी परीक्षण गरिएको छ । २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)