सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

रहेनन् अभिनेता इरफान खान

प्रकाशित: १७ बैशाख २०७७, बुधबार

एजेन्सी । भारतीय अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको उपचारका क्रममा बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह