सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सपना–बिपना

प्रकाशित: २३ चैत्र २०७६, आईतवार

सृजना गुरुङ

सपना स्वतन्त्र
बिपना विवश
सपना र बिपनाका
ध्रुवहरु प्रतिद्वन्द्वी छन्
सपना सिमा पारी
बिपना बाररपर्खाल भित्र
सपना हावामा तैरन्छ
बिपना अभावमा खड्किन्छ

बिपना
त्यही सिजनमा घुमेर बितिरहन्छ
कहिले
कठ्याङ्रीदो हिउँद बनेर
कहिले
छट्पटिदो गर्मी बनेर

सपना
अनेकौं लोक डुलेर आउँछ
बितिगएका मान्छेहरु संग
भलाकुसारी गरि आउँछ
मीठो मुस्कान साटी आउँछ

बिपना
केवल सम्झनामा रुमलिन्छ
बिपनाका आंसुहरु
मात्रै
तस्वीरमा धमिलिन्छन ‘

बिपना भित्र भय छ
बिपना अपमान संग आत्तिन्छ
बिपना रोग संग डराउछ
बिपना मृत्यु संग डराउछ
बिपना एक्लोपन संग डराउछ

सपना भित्र स्वतन्त्रता छ
उ जे पनि देखिदिन्छ
सपना निर्भय छ
उ एक्लै शताब्दी घुमेर आउँछ

यसरी
सपना र बिपनाको अन्तरमा बरालिदा
बिर्सिएर बिपना
सपनाहरु कहिलेकाही
भ्रमको चर्खामा झुलिरहन्छन‘

सपनामा सौन्दर्य छ
बस
सत्य एउटै मृत्यु सम्झेर
नहुन विचलित बिपनाहरु
हरेक सोचको सुर्यकिरण संगै
जन्मिरहने सपनाहरु संग



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह